१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशमा कांग्रेसका दुई मन्त्री थपिए, सपथग्रहण आजै गर्ने तयारी


दीनबन्धु श्रेष्ठ र दीनबन्धु श्रेष्ठ

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तारको गरेका छन् । मुख्यमन्त्री शाहीले हिजो शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट दुईजना मन्त्री नियुक्त गरेका हुन् ।

जलस्रोत तथा ऊर्जा विकासमन्त्री जुम्लाका दीनबन्धु श्रेष्ठ र सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बीसीलाई नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नवनियुक्त दुई मन्त्रीको सपथग्रहण आजै गर्ने तयारी गरिएको छ ।

नेपाली कांग्रेसकर्णाली प्रदेश संसदीय दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेकोमा प्रदेश प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो ।

नेपाली कांग्रेसले गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो । सरकारलाई विश्वासको मत दिएर आफ्नो सरकार जोगाइ दिएको ऋण र तिर्दै शाहीले दुई महिनापछि कांग्रेसलाई २ वटा मत्रालय उपहार दिएर पनि सरकारमा सहभागी गराएका हुन् ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कांग्रेस र एमालेका खनाल-नेपाल समूहका ४ जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगिएकाे थियाे ।

कर्णाली प्रदेशमा कांग्रेसका दुई मन्त्री थपिए, सपथग्रहण आजै गर्ने तयारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !