८ श्रावण २०८१, मंगलबार

कांग्रेसलाई दुईवटा मन्त्रालय दिएर कर्णालीमा मन्त्रिपरिषद् विस्तारको तयारी


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाली कांग्रेसलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । नेपाली कांग्रेसले गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाइ दिएको थियो ।

सरकारलाई विश्वासको मत दिएर आफ्नो सरकार जोगाइ दिएको ऋण र तिर्दै शाहीले दुई महिनापछि कांग्रेसलाई २ वटा मत्रालय उपहार दिएर पनि सरकारमा सहभागी गराउन लागेका हुन् ।

दुईजना मन्त्रीसहित कांग्रेस सरकारमा जान लागेको कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले बताए । सामाजिक विकास मन्त्रालयमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा दीनबन्धु श्रेष्ठलाई सिफारिस गरिएको उनको भनाइ छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरेपछि कांग्रेस र एमालेका खनाल-नेपाल समूहका ४ जनाले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पद जोगिएकाे थियाे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !