७ बैशाख २०८१, शुक्रबार

ओलीले जसपालाई सरकारमा सहभागी गरेकोमा भीम रावलले जनाए कडा आपत्ति

ओलीको राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र छताछुल्ल भएको छ : भीम रावल


भीम रावल

काठमाडौँ । नेकपा एमालेको कारबाहीमा परेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य हिजो जेठ २१ गतेको मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको धारणा व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आज बिहान लेख्दै उनले जनता समाजवादी पार्टी (जसपा) लाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद पुनर्गठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको उनले बताएका हुन् ।

रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन् । उनले दुई पटक संविधानसभाको निर्वाचन भई जनताले ठूलो मूल्य चुकाएर जारी भएको संविधान संशोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन् ।

उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन्। उनले ओलीका यसप्रकारका राष्ट्रघाति, जनघाति, लोकतन्त्र र पार्टीको नीति, सिद्धान्त र विधान विपरीतका क्रियाकलापबाट देश, जनता र लोकतन्त्र जोगाउन हामी आवश्यक दृढ पाइला चाल्नैपर्ने स्थितीमा पुगेको उनको ठम्मयाई रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !