८ बैशाख २०८१, शनिबार

नवनियुक्त र पुनर्गठित मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


© nepalpatra.com

काठमाडौँ । नवनियक्त उपप्रधानमन्त्रीहरू तथा नवनियक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा आज शुक्रबार राती राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त उपप्रधानमन्त्रीहरू एवं मन्त्रीहरुलाई नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा राजेन्द्र महतोलाई उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री, विष्णु पौडेललाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री, रघुवीर महासेठलाई उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको रुपमा सपथ खुवाएकी छन् ।

यस्तै राष्ट्रपति भण्डारीले शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री, शरदसिंह भण्डारीलाई ऊर्जा तथा जलस्रोत मन्त्री, अनिल झालाई खानेपानी तथा सरसफाई मन्त्री, लक्ष्मणलाल कर्णलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री, बिमल श्रीवास्तवलाई श्रम तथा रोजगार मन्त्री, उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री, चन्दा चौधरीलाई महिला तथा बालबालिका मन्त्री, एकबाल मियांलाई युवा तथा खेलकूद मन्त्रीको रुपमा सपथ गराएकी हुन् । ,

साथै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ८० बमोजिम चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङलाई महिला, बालबालिका राज्यमन्त्रीको रुपमा सपथ खुवाएका हुन् ।

जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् व्यापक रुपमा हेरफेर गरेका हुन् । प्रधानमन्त्री ओलीले एमालेका हाल मन्त्रिपरिषद्मा रहेका ४ मन्त्री बाहेक सबैलाई हटाएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्रीलाई ओलीले हटाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति गरी ७ वटा मन्त्रालय तत्कालको लागि आफैले राखेका छन् ।

यस्तो बनेको छ ओली नेतृत्वको सरकारको नयाँ मन्त्रिमण्डल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !