७ चैत्र २०८१, बिहीबार

नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने


राष्ट्रपति कार्यालय शीतलनिवास

काठमाडौँ । जनता समाजबादी पार्टीको महन्थ ठाकुर पक्षका नेताहरुलाई सरकारमा सहभागी गराएर प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् व्यापक रुपमा हेरफेर गरेका छन् । नयाँ मन्त्रीहरूको सपथ आज बेलुकी ८ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ ।

अहिले मन्त्रिपरिषदमा रहेका केही मन्त्रिको जिम्मेवारी हेरफेर हुने भएको छ भने केही मन्त्री बाहिरिनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउने भएका छन् ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठ, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ र भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ बाहेक सबै मन्त्री बाहिरिने भएका ओली निकट स्रोतले जानकारी दिएको छ ।

जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेल बाहिरिने भएका छन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि बाहिरिने भएका प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछि ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्न लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु