७ बैशाख २०८१, शुक्रबार

खनाल र नेपाललाई ४ नेताको ध्यानाकर्षण : ओलीलाई जोगायौँ भने हामी सिद्धिन्छौं (पूर्णपाठ)


प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राई

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई आफ्नै समूहका ४ जना प्रभावशाली नेताहरुले ध्यानाकर्षण पत्र बुझाउदै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जोगाएमा आफूहरु सिद्धिने चेतावनी समेत दिएका छन् ।

नेताले २०७५ जेठ २ मा फर्किने भन्ने एजेण्डा राजनीतिक र वैचारिक नभएको भन्दै यत्तिकै भरमा केपी ओलीसँग मिल्दा घरको न घाटको भइने तीतो सत्य बताएका छन् । उनीहरुले अब फेरि पनि ओलीसँग सम्झौता गर्ने हो भने खनाल-नेपाल समूहको राजनीति सिद्धिने ध्यानाकर्षण गरेका हुन् ।

एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्रकुमार राईले खनाल र नेपाललाई लिखित सुझाव दिदै आजको पहिलो शर्त केपी ओली सरकारको वहिर्गमन र राजनीतिक दलहरुको सहयकार्य नै रहेको स्पष्ट पारेका छन् ।

ओलीको बहिर्गमन अबको एकमात्र विकल्प भएको बताउँदै ​स्थायी कमिटीका सदस्यहरु कोही वार्तामा जाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुगेको पत्रमा उल्लेख छ । केपी ओलीले देश र जनतामाथि घात गरिरहेको भन्दै अब फेरि उनैलाई जोगाउनेतिर लाग्ने हो भने आफ्नो समूहको अस्तित्व समाप्त हुने ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

यस्तो छ १० बुँदे ध्यानाकर्षण पत्र (पूर्णपाठ)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !