८ बैशाख २०८१, शनिबार

सिपिसी र एमाले सम्बन्धलाई केन्द्रसम्म विस्तार गर्न पूर्वमन्त्री पोखरेलको प्रस्ताव


आनन्दप्रसाद पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) र आफ्नो दलबीचको सम्बन्धलाई केन्द्र तहसम्म विस्तार गर्न प्रस्ताव गर्नुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी, विदेश विभागले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका मुख्य राजनीतिक दलका युवा नेतासँग आज आयोजना गरेको भर्चुअल बैठकमा नेपालका तर्फबाट प्रमुख वक्ता पोखरेलले दुई पार्टीबीचको सम्बन्धलाई केन्द्रबाट तलसम्म विस्तार गर्नुपर्ने प्रस्ताव राख्नुभयो ।

एमाले वाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष पोखरेललले भन्नुभयो, “नेपालको कम्युनिष्ट गतिविधिको अनुभवबाट सिकेका सिपिसी र एमालेले नेपालको विकास आन्दोलन र वैचारिक मित्रताको सुदृढीकरणका लागि एकसाथ काम गर्नुपर्छ, साझेदारी केन्द्रीय तहभन्दा तल जानुपर्छ, त्यसलाई प्रान्तीय तहसम्म विस्तार गर्नुपर्छ ।”

पाकिस्तान, मलेसिया, श्रीलंका र नेपालका युवा नेताहरूसँग सिपिसीले महामारीको बेला युवा उद्यमशीलता र व्यावसायिक विकासका बारेमा छलफल गरेको थियो । छलफलमा एमालेका विभिन्न तहका ७२ युवा नेताको उपस्थिति थियो ।

पूर्वमन्त्री पोखरेलले चीनले महामारीविरुद्ध लड्न नेपाललाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै युवा उद्यमशीलता बढाउन एमाले नेतृत्वको सरकारले बजेट ल्याएको जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !