४ बैशाख २०८१, मंगलबार

दरवार हत्याकाण्डबारे रामकुमारी झाँक्रीले लेखिन् कडा स्टाटस


रामकुमारी झाक्री File Photo

काठमाडौँ । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले आज जेठ १९ समयको गति कति बेगवान हुने भएको बताएकी छन् । झाँक्रीले आफ्नै आँखा अगाडी हिजो जस्तो लाग्ने भयानक डरलाग्दो, रहस्यमय दरवार हत्याकाण्ड भएको २० वर्ष पुग्ने बताएकी छन् ।

झाँक्रीले सामाजिक संजालमा स्वर्गीय राजारानीसहित दिवंगत राजपरिवार सदस्यहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन् । झाँक्रीलेले सामाजिक संजालमा लेखेकी छन्, “स्मृतिमा राजपरिवार ! आज जेठ १९ समयको गति कति बेगवान हुने रहेछ । आफ्नै आँखा अगाडी हिजो जस्तो लाग्ने भयानक डर लाग्दो, रहस्यमय दरवारहत्याकाण्ड भएको २० वर्ष पुगेछ । इतिहासमा कतिपय यस्ता घटना यसरी रहस्यमै रहने रहेछन् । स्वर्गीय राजारानी सहित दिवंगत राजपरिवार सदस्यहरूप्रति हार्दिक श्रद्धासुमन !”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु