१३ बैशाख २०८१, बिहिबार

कांग्रेस र माओवादी दुवै पार्टीलाई फुटाउने महेश बस्नेतको दाबी


महेश बस्नेत फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउने धम्की दिएका छन् । सोमबार एमालेसम्वद्ध युवा संघ नेपालको भर्चुअल बैठकलाई सम्बोधन गर्दै बस्नेतले आफूहरुले चाहे कांग्रेस र नेकपा माओवादी केन्द्र दुवै दल फुटाउने धम्की दिएका हुन् ।

उक्त बैठकमा उनले कांग्रेसका २३ सांसद पार्टी विभाजनको पक्षमा रहेको र माओवादी केन्द्रका २६ सांसद प्रचण्डबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेको खुलासा गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !