लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान Nepalpatra लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान
५ असार २०७८, शनिबार

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान


लुम्बिनी प्रदेशसभा

रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेश गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ । पछिल्लो पटक मुख्यमन्त्रीमा शङ्कर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !