११ बैशाख २०८१, मंगलबार

सरकारले एमसीसीको लागि बजेट छुट्याएपछि भीम रावलले दिए कडा प्रतिक्रिया


भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सरकारले ‘मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल’ आयोजनालाई ९ अर्ब १० करोड ५४ लाख रुपैयाँ विनियोजन गरेपछि आपत्ति जनाएका छन्।

रावलले नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम भएको बताएका छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छन्, “नेपालको स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितमा आघात पार्ने र संसदबाट अनुमोदन नै नभएको एमसीसीसंगको सम्झौता कार्यान्वयनका लागि प्रमं केपी नेतृत्वको सरकारले बजेट छुट्याउनु राष्ट्रघाती चिन्तन र व्यवहारकै परिणाम हो ।यस्तो लम्पसारवादी कुकार्यको देशभक्त नेपालीहरूले विरोध गरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !