८ बैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ अध्यादेश जारी


राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ जारी गरेकी हुन् ।

यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ ।

जेठ १५ गते सं‌सदमा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार गत ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने भएको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार १६ खर्ब आसपासमा आउन लागेको बजेटमा अधिकांश कार्यक्रम कोभिड-१९ नियन्त्रण, रोकथाम केन्द्रित हुने बताएतापनि पूर्ण आकारको बजेट ल्याउने सरकारको तयारी गरेको छ ।

संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको सरकारले अध्यादेमार्फत बजेट ल्याउने भएपछि बिहीबार पूर्वप्रमुख निर्वाचन आयुक्तहरु, पूर्वअर्थमन्त्रीहरु र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले सरकारलाई आफ्नो सीमा नमिच्न संकेत गर्दै खबरदारी गरेका छन् ।

 

राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !