१२ बैशाख २०८१, बुधबार

सभामुख अग्नि सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दै


अग्निप्रसाद सापकोटा

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग आज परामर्श गर्ने भएका छन् । संघीय संसद सचिवालयमा दिउँसो १ बजेका लागि छलफल गर्न बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यही जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक गरेको प्रतिनिधि सभा विघटन लगायत समसामयिक बिषयमा बैठकमा छलफल हुने बुझिएको छ । छलफलमा सभामुख सापकोटाले सिनियर पूर्वसभामुखहरुसँग सल्लाह सुझाव लिने बुझिएको छ ।

सभामुख सापकोटा पूर्वमाओवादी केन्द्रका नेता हुनुको साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड’ निकट भएकोले प्रचण्डले जे भने पनि मान्ने गर्दछन् भनेर कतिपय बिपक्षी गठबन्धनका राजनीतिक दलका नेताहरुले त बहुमत प्रतिनिधिसभाका सांसदहरु बोलाएर प्रतिनिधिसभाको बैठक समेत सुचारु गर्नुपर्छ भनेर तर्क समेत गर्ने गरेका छन् ।

तर यो पनि गैरसंवैधानिक हुने भएकोले त्यसो गर्नुहुदैन भन्नेहरु पनि बिपक्षी गठबन्धनमा रहेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रावधान रहेको छ । तर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरिसकेकी छन् ।

नेपालमा बहुदलीय व्यवस्था स्थापना भएर चुनावपछि २०४८ सालपछि दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरा पूर्व सभामुख रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !