४ बैशाख २०८१, मंगलबार

एमालेद्वारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


त्रिलोचन भट्ट

काठमाडौं । नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार छ । अव मुख्यमन्त्री भट्टले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ । एमालेबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले आधिकारिक जानकारी आएपछि छलफल गरिने जानकारी दिए ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २५ सदस्य छन् । यस्तै सरकारको नेतृत्व गरेको माओवादी केन्द्रका १३ जना छन् । माओवादीले एक सदस्यलाई यसअघि नै कारवाही गरेर हटाइसकेको छ । कांग्रेसका १२ सदस्यले प्रतिनिधित्व गर्दा जनता समाजवादी पार्टी नेपालका २ सदस्य छन् ।

तत्काल कायम रहेको ५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्य आवश्यक पर्छ । माओवादी केन्द्र, कांग्रेस र जसपा मिलेमा सरकारलाई सजिलो पर्छ । केन्द्रमा जसपा प्रधानमन्त्री केपी ओलीको सरकारकै निरन्तरताको चाहनामा रहेको हुनाले एमालेबाहेक माओवादीले सरकार बनाउन सक्ने सम्भावना कम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !