१२ बैशाख २०८१, बुधबार

सर्वोच्चमा रिट दायर : संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग


सर्वोच्च अदालत

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधि सभा विघटन गर्ने कदम र वैकल्पिक सरकार गठनको दाबी खारेजविरुद्ध विपक्षी गठन्धन आज सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी दलले १४६ जना सांसदको हस्ताक्षरसहित संसद पुनर्स्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) को प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी दलका सांसदहरूले सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।

विघटित प्रतिनिधि सभाका १४६ सांसदको हस्ताक्षरसहित नेताहरू सोमवार सर्वोच्च अदालत गएर रिट दिएका हुन् । रिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गरिएको छ ।

यसअघि गत शुक्रवार विपक्षी गठबन्धनले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिलाई निवेदन दिएको थियो । कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले नेता माधवकुमार नेपाल सहितका नेताहरू सर्वोच्च पुगेका छन् ।

आज सोमवार १४६ सांसदको हस्ताक्षर संकलन गरिएकोमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, माधव नेपाल पक्षका २३, जसपा उपेन्द्र यादव पक्षका १२ र जनमोर्चाकी १ गरी १४६ सांसदले हस्ताक्षर गरेको विपक्षी गठबन्धनले दाबी गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !