१२ बैशाख २०८१, बुधबार

वाम गठवन्धन र फोरमवीच आज सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी


ओली, प्रचण्ड, उपेन्द्र

१९ फागुन, काठमाण्डौ । वाम गठवन्धन र संघीय समाजवादी फोरमवीच आज सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ । अपराह्न ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयुक्त बैठकमा दुईबुँदे सहमतिमा हस्ताक्षरको तयारी गरिएको हो ।

सहमतिका विषय टुंगि सकेकाले आज सहमति पत्रमा तीनै पक्षले हस्ताक्षर गर्ने तयारी रहेको एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । स्रोतका अनुसार आपसी सहमतिमा संविधान संशोधन गरिने र फोरम सरकारमा सहभागी हुने उल्लेख गरेर सहमति हुन लागेको हो ।

फोरमले तीन वटा मन्त्रालय दाबी गरेको छ भने वाम गठबन्धनले दुई वटा भन्दा बढी दिन नसकिने बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु