१३ बैशाख २०८१, बिहिबार

एमालेका १४ वाग्मती प्रदेशसभा सदस्यले बुझाए स्पष्टीकरण


अष्टलक्ष्मी शाक्य

वाग्मती । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका प्रदेशसभा सदस्यले स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधिएका सबै प्रदेशसभा सदस्यले एकमुष्ट रुपमा स्पष्टीकरण बुझाएको एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका मानिने १४ प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण माग गरेको थियो । प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारवाही गरिने मुख्य सचेतक निरौलाले बताए । “उनीहरुलाई कारवाही गर्ने सम्पूर्ण अधिकार बोर्डले बोर्ड अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ”, उनले भने ।

बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !