६ बैशाख २०८१, बिहिबार

ओलीले माधव नेपाल समूहलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि भट्टराईले दिए कडा प्रतिक्रिया


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले केपी शर्मा ओलीले माधव नेपाल समूहका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि आपत्ति जनाएका छन्। भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा नपुर्याएको बताएका छन्।

भट्टराईले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै भनेका छन्, “कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौ। धैर्य गरौ, संवाद गरौ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !