१३ बैशाख २०८१, बिहिबार

प्रचण्ड र नेपाल निकट विद्यार्थीको आन्दोलन घोषणा : मन्त्रीका गाडी चल्न नदिने


रञ्जित तामाङ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको माधव नेपाल निकट विद्यार्थी संगठनले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेका छन् ।

आज शनिबार माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष रन्जित तामाङ र नेपाल निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला बनाई सार्वजानिक स्थानमा झण्डाउने, पुत्लालाई उल्टो बनाई बिरोध गर्ने, सरकारका मन्त्रीलाई कालो झण्डा देखाउने, सार्वजानिक बहिष्कार गर्ने र मन्त्रीका गाडी चल्न नदिने लगायतका विरोधका कार्यक्रमहरु गर्ने बताएका छन् ।

प्रचण्ड र नेपाल निकट विद्यार्थीको आन्दोलन घोषणा : मन्त्रीका गाडी चल्न नदिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !