१२ बैशाख २०८१, बुधबार

एउटा अँध्यारो युगको सुरूवात भयो : रामकुमारी झाक्री


रामकुमारी झाक्री

काठमाडौँ । नेकपा एमालेको माधव नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेसंगै एउटा अँध्यारो युगको सुरूवात भएको प्रतिक्रिया दिएकी छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले आफूहरु अन्तिम समयसम्म संसद जोगाउन चाहेतापनि खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन नलागेको भन्दै यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसीयु, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको बताएकी छन् ।

उनले लेखेकी छन्, ‘एउटा अँध्यारो युगको सुरूवात ! हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन । यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !