१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध अदालत जानुपर्छ : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध सर्वोच्च अदालत जानैपर्ने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले १४९ सांसदको ७६(५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध अदालत नगएमा फागुन ११ को सर्बोच्चकै फैसलाको अपमान हुने बताएका हुन् ।

उनले राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्नेमा बिपक्षी दलका नेताहरुलाई आब्हान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !