७ बैशाख २०८१, शुक्रबार

माधव नेपालको साथ छाड्दै योगेश भट्टराई ओली समूहमा प्रवेश


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर नगरेको बताएका छन् । उनेल सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले हस्ताक्षर नगरेको बताएका छन् ।

उनले आफ्नै दलको सरकार ढालेर विपक्षिलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा उचित नहुने भन्दै हस्ताक्षरको अस्वीकार गरेको बताएका छन् ।

देउवालाई समर्थन गर्नु दुरुपयोग भएको भन्दै भट्टराईले पनि हस्ताक्षर नगरेको विशेष स्रोतले बतायो ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, “मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !