८ बैशाख २०८१, शनिबार

राष्ट्रपति महोदय दुवै जाली र किर्ते हुन्, खारेज गरी चुनाव घोषणा होस् : कमल थापा


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुवै जनाले प्रधानमन्त्रीमा गरेको दावी जाली र किर्ते भएकोले खारेज गरी चुनाव घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै थापाले दुवै दावीमा संविधानको धारा ७६(५) अनुसार ‘बिश्वासको मत प्राप्त गर्ने’आधार नभएको भन्दै राष्ट्रपति भण्डारीलाई ध्यानाकर्षण गराएका हुन् ।

साथै उनले काँग्रेस र एमालेका शीर्ष नेताहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरी लोकतन्त्रको नाममा ब्रम्हलुट गरेकोले अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्ने भन्दै निर्वाचनमा जानुपर्ने आफ्नो धारणा राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !