१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीमा आफ्नी दावी पेश गरेर बाहिरिए ओली शितल निवासबाट


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेर राष्ट्रपति निवास शितल निवासबाट बाहिरिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेको प्रधानमन्त्रीका प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमालले जानकारी दिएका छन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको रिमालले जानकारी दिएका हुन् ।

झन्डै आधा घन्टा शितल निवासमा बिताएका प्रधानमन्त्री ओलीले नयाँ सरकारका लागि दाबी पेश गरे कि गरेनन् भन्नेबारे खुलिसकेको छैन। जनता समाजवादी पार्टीको महन्थ-राजेन्द्र समूहका सांसदहरूको हस्ताक्षर बिहीबार राति नै प्रधानमन्त्रीलाई बुझाइसकेको एक सांसदले बताए ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा १४९ सांसद जुटेको थियो । लगतै प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धनका नेताहरुसहित उनी शीतल निवास पुगेका थिए ।

यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई १४९ जना बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवासतर्फ पुगेका छन् ।

विशेष स्रोतका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधव नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेसका एक सांसदका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । देउवासहितका नेताहरू अहिले पनि शितल निवासमै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !