१२ बैशाख २०८१, बुधबार

माधव नेपाल प्रधानमन्त्री बन्दै, प्रचण्ड, देउवा र एमालेका ४० भन्दा बढी सांसदको साथ


माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल वैकल्पिक प्रधानमन्त्रीको मुख्य दाबेदार बनेका छन् । स्रोतका अनुसार माओबादी केन्द्र, नेपाली कांग्रेस र जसपाले नेपाललाई प्रधानमन्त्रीका रुपमा अगाडि सारेको छ।

नेपाललाई थप एमाले सांसदहरुले साथ दिने वचन दिएको बुझिएको छ । विशेष स्रोतका अनुसार नेपाल समूहमा २० प्रत्यक्ष र ८ समानुपातिक गरी २८ जना खुलेका छन् । यसअघि नेपाल समूह छाडेका सांसदहरु पनि उनीसँग सम्पर्कमा रहेको र ४० भन्दा बढीले साथ दिने वचन दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अहिले माधव नेपाल समूहले हस्ताक्षर संकलन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !