१३ बैशाख २०८१, बिहिबार

नयाँ सरकार बनाएर ओली र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौं : गगन थापा


गगन थापा फाइल फोटो

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका यूवा नेता गगन थापाले नयाँ सरकार बनाएर प्रधानमन्त्री केपी शर्मा ओली र महाअभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदा गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनि राष्ट्रपति भण्डारीले प्रक्रिया शुरु गर्ने हो नेतागण भन्दै के राष्ट्रपति र प्रधानमन्त्रीले थाहा नपाएर यो गरेको हो ? भनेर प्रश्न समेत गरेका छन् ।

उनले सवै विपक्षी दलका नेताहरु गनगन गरेर नबसौं भन्दै सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गर्नुका साथै महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न आब्हान समेत गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !