१३ बैशाख २०८१, बिहिबार

बादलको अग्नि परिक्षा सुरु : राप्रपाले दियो धोका, पराजित हुने सम्भावना


बादल

वाग्मती । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया शुरु भएको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गर्नुभएको हो । उहाँसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध हुनुभएको छ ।

हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका प्रमुख उपप्रमुखका लागि ‘ख’ र कोरोना सङ्क्रमित मतदाताका लागि ‘ग’ गरी तीनवटा उपकेन्द्र निर्धारण गरिएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्य ११० मध्ये १०९ र स्थानीय तहका २३८ गरी जम्मा ३४७ मतदाता रहेका छन् । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ रहने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !