१३ बैशाख २०८१, बिहिबार

नेपाल समूहले बादललाई असहयोग गरेपछि ओलीले बोलाए स्थायी कमिटीको आकस्मिक बैठक


नेकपा स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे बस्नेगरी स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेपाल समूहसँग वार्ता गर्न गठित ओली समूहको वार्ता टोलीले रिपोर्टिङ गर्ने बुझिएको छ ।

स्रोतकाअनुसार आजको बैठकमा राष्टियसभाको आज भई रहेको उपनिर्वाचनमा एमालेका उम्मेद्धवार रामबहादुर थापा बादललाई पार्टीकै वरिष्ठ नेता माधव कुमार नेपाल समूहले असहयाग गरेको बारे समिक्षा हुनेछ ।

यद्यपि प्रधानमन्त्री ओलीले बादलको पक्षमा भोट हाल्न आब्हान गरेपनि नेपाल समूहले असहयोग गरेको ओली समूहको ठम्म्याई रहेको छ । नेपाल समूहले स्वतन्त्र उम्मेद्धवार डा. खिमलाल देवकोटालाई सघाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !