१२ बैशाख २०८१, बुधबार

ओलीले बादललाई विजयी गराउन ‘धम्की’ दिएपछि नेपाल समूहले उल्टै दिए पार्टी फुटाउने ‘धम्की’


माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाएको छ। ओलीले राष्ट्रिय सभा सदस्य उम्मेदवार रामबहादुर थापा बादललाई भोट दिन भन्दै गरेको अपिलमा प्रयोग गरिएको शब्दप्रति माधव समूहले आपत्ति जनाएको हो ।

ओलीको यस्तो अभिव्यक्तिले पार्टी एकता कामय गर्न नसक्ने नेपाल समूहको धारणा छ । स्रोतका अनुसार नेपाल समूह पार्टी एकता गर्ने सम्भावना न्युन छ । ओलीले उधारो सहमति गरेको भन्दै यस्तै प्रवृति कायम भएको खण्डमा पार्टी एक नहुने नेपाल समूहको धारणा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !