७ बैशाख २०८१, शुक्रबार

राष्ट्रियसभा निर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने


निर्वाचन आयोग

वाग्मती । राष्ट्रियसभाको बिहीबारको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ । मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख उपप्रमुख मतदाता रहने निर्वाचनमा कोरोना संक्रमित मतदाताका लागि भने अलग्गै व्यवस्था हुने निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । बिहान ९ बजेदेखि शुुरु हुने मतदान प्रक्रिया अपराह्न ३ बजे सकिने छ ।

वाग्मती प्रदेशअन्तर्गतका उपनिर्वाचनमा नेकपा (एमाले) का तर्फबाट गृहमन्त्री रामबहादुर थापा, नेपाल मजदूर किसान पार्टीबाट कृष्णगोपाल तामाङ र स्वतन्त्र खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दै छन् । निर्वाचनका लागि गृहमन्त्री थापासहित एमाले नेता कृष्णगोपाल श्रेष्ठ, गोकुलप्रसाद बाँस्कोटा, कृष्णबहादुर राई लगायत नेता आज हेटौंँडा आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !