१२ बैशाख २०८१, बुधबार

गण्डकी मन्त्रिपरिषद्मा पुरानै अनुहार, ५ मन्त्रीमध्ये ४ जनाले लिए सपथ


गण्डकी मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यही वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त गुरुङले यसअघिको सरकारमा सहभागी मन्त्रीलाई नै दोहोर्याएका हुन् ।

आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ र युवा तथा खेलकूदमन्त्री राजीव गुरुङलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिइए पनि रामशरण बस्नेत, नरदेवी पुन र विकास लम्सालले भने विनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरेका हुन् ।

युवामन्त्री गुरुङ काठमाडौँमा भएकोले कारण शपथमा सहभागी भएनन् । उनीहरूलाई आजै प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको शपथ गराइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !