१३ बैशाख २०८१, बिहिबार

गण्डकीका मुख्यमन्त्री गुरुङले गरे मन्त्रिपरिषद् विस्तारको तयारी


पृथ्वीसुब्बा गुरुङ फाइल फोटो

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । गत २९ वैशाखमा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

राजीनामापछि पनि पुनर्नियुक्त भएका मुख्यमन्त्री गुरुङ बैशाख २२ गते कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका गुरुङको कोरोना रिपोर्ट अझसम्म नेगेटिभ आइसकेको छैन ।

मुख्यमन्त्रीले मन्त्रिपरिषद् विस्तारबारे सोमबार आफ्ना विश्वासका पात्रहरु पूर्वअर्थमन्त्री किरण गुरुङ, पूर्व भौतिक विकास मन्त्री रामशरण बस्नेत र नेकपा एमाले संसदीय दलका सचेतकसँग छलफल गरेका थिए ।

मुख्यमन्त्री गुरुङले चाडैं १/२ दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने मनस्थितिमा छन् । उनले सोही विषयमा केन्द्रित रहेर सोमबार पूर्वमन्त्रीद्वय र पार्टी सचेतकसँग छलफल गरेका थिए ।

यसअघि भौतिक विकास मन्त्रालय रामशरण बस्नेत र अर्थमन्त्रालय किरण गुरुङले सम्हाल्दै आएका थिए । नीति तथा कार्यक्रम, बजेट योजनाहरु ल्याउँदा क्याबिनेटमा कम्तिमा २ मन्त्री हुनुपर्ने संवैधानिक व्यवस्था भएकोले सोही व्यवस्था बमोजिम मुख्यमन्त्री गुरुङले अहिले २ मन्त्रालयको मात्रै विस्तार गरेर नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेकोले बस्नेत र गुरुङ नै मन्त्रीहरुमा दोहोरिने प्रवल सम्भावना रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !