१३ बैशाख २०८१, बिहिबार

सभापति देउवाद्वारा नेता मल्लको निधनप्रति दुःख व्यक्त


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवत प्रकाश मल्लका पिता गजिन्द्रप्रकाश मल्लको निधनप्रति दुःख गर्नुभएको छ । उहाँको यही जेठ ४ गते निधन भएको हो ।

सभापति देउवाले आज एक शोक वक्तव्यर्फत उहाँको निधनको खबरले आफूलाई दुःखीत र मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिर शान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । स्व मल्ल जिल्ला विकास समिति स्याङ्जाको पूर्वसदस्यसमेत हुनुहुन्थ्यो ।

मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनहरुमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत स्व मल्लको सक्रिय योगदान थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !