७ बैशाख २०८१, शुक्रबार

अन्तत: प्रधानमन्त्री ओलीसँग सर्वोच्चले माग्यो लिखित जवाफ


सर्वोच्चलाई प्रधानमन्त्रीले दिएको जवाफ

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । शपथसम्बन्धी रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीले पुन शपथ लिनुपर्ने र पुन शपथ नलिँदासम्म प्रधानमन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेश माग गर्दै ओलीमाथि सोमबार विभिन्न चारवटा रिट दाएर भएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !