८ बैशाख २०८१, शनिबार

महन्थ-उपेन्द्रवीच सहमति : अरूको सरकारमा नजाने, आफैँ नेतृत्वमा पहल गर्ने


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको आन्तरिक विवाद मत्थर गर्न एकै ठाउँमा आएकोले तत्कालको लागि जसपा विभाजनवाट जोगिएको छ ।

आज अध्यक्षद्वय ठाकुर र यादवले आठ बुँदे संयुक्त विज्ञप्ति निकालेर तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । उनीहरुले निकालेको संयुक्त विज्ञप्तिमा जसपा प्रतिपक्षमै रहने उल्लेख गरेका छन् ।

तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा सरकार गठन गर्न अगाडि बढ्न सकिने उनीहरूले प्रष्ट पारेका छन् । उनीहरूले पार्टी एकतालाई अझ सुदृढ गरी यसलाई बलियो बनाउन नेतृत्व र पार्टी सदस्य लाग्ने समेत उल्लेख गरेका छन् ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई धारमा विभाजन भई महन्थ ठाकुर र राजेन्द्र महतो ओली सरकारकै निरन्तरता चाहेर नयाँ सरकार गठनको विपक्षमा थिए भने यादव र डा. भट्टराई ओली सरकारलाई हटाएर नयाँ सरकार गठनको पक्षमा देखिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने पक्षमा जसपाभित्र दुई पक्ष रहेकाले ठाकुर पक्षका १५ सांसद तटस्थ बसेका थिए भने यादव पक्षले विश्वासको मतको विपक्षमा मत दिएको थियो ।
ठाकुर र यादवको संयुक्त विज्ञप्ति
ठाकुर र यादवको संयुक्त विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !