७ बैशाख २०८१, शुक्रबार

रामकुमारी झाँक्रीले लेखिन् यस्तो कडा स्टाटस


रामकुमारी झाक्री File Photo

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज ब्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण रहेको बताएकी छन्।

उनले आज सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टीभित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता, जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन ?भन्दै प्रश्न गरेकी छन्।

झाँक्रीले लेखेकी छन्, “आज जेठ ३ गते मदन-आश्रित स्मृति दिवस। जननेता मदन भण्डारीले जबजमा जोड दिएको विषय हो- कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरण, समाज ब्यवस्था र राज्य सत्ताको लोकतान्त्रिकरण। बहुमतको सरकार अल्पमतको विपक्ष, पार्टी भित्र बहुमतको निर्णय अल्पमतको कदर, बैचारिक संघर्ष र विचारको स्वतन्त्रता। जबजका कथित अनुयायीले आज राज्य र पार्टी कसरी चलाउदैछन? यि यस्ता प्रश्न गर्न सक्ने वैचारिक सदस्य भएको पार्टी निर्माण आजको आवश्यकता हो।
कमरेड मदन र कमरेड आश्रित प्रति हार्दिक श्रद्धासुमन!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !