८ बैशाख २०८१, शनिबार

सरकार र फोरमवीचको बैठक बालुवाटारमा सुरु


pm-niwas-baluwatar

१७ फागुन, काठमाण्डौ । सरकार र संघीय समाजवादी फोरमवीच सरकार विस्तार र संविधान संशोधनका विषयमा समहति जुटाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ वाम गठबन्धनमा आबद्ध एमाले र माओवादी केन्द्रका नेताहरुसँग भएको वार्तामा फोरमका नेताले प्रदेश सीमांकन हेरफेरसम्बन्धी संविधानको धारा संशोधनमार्फत खारेज गर्नुपर्ने अडान राखेपछि बिहीबार बिहान फेरि बस्ने सहमतिमा बैठक टुंगिएको थियो ।

फोरमले नागरिकता, भाषा, प्रदेश सीमांकनसहितका विषयमा संशोधन हुनुपर्ने माग राख्दै आएको छ । एमाले र माओवादीले फोरम सरकारमा सहभागी भएपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !