४ बैशाख २०८१, मंगलबार

ओली र नेपाल समूहका नेताहरुवीच सिंहदरबारमा वार्ता


ओली र नेपाल समूहको सिंहदरवारमा जारी वार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहवीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा वार्ता जारी रहेको छ ।

पार्टीको आन्तरिक विवाद मिलाउन ओली-नेपालबाहेक ओली समूहका नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल रहेका छन् भने नेपाल समूहका नेताहरु भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण विष्ट सहभागी भएका छन् ।

हिजो बिहीबार दिउँसो बूढानीलकण्ठस्थित व्यापारी रामेश्वर थापाको निवासमा ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता जारी रहेको हो ।

ओली-नेपालबीच भएको ‘वान टू वान’ वार्तामा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएकोले त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेताहरूहरूसहित वार्ता जारी रहेको हो ।

ओलीसँग सिंहदरवार वार्तामा बस्नुअगाडि नेता नेपालले आफ्नो समूहको केन्द्रीय सदस्यहरुसँग बसेको भर्चुअल बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । आज जारी वार्ताले एमालेमा कार्यदल बनाउने लगायतबारे छलफल हुने बुझिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु