प्रधानमन्त्री ओलीद्वारा सिंहदरवारमा पदभार ग्रहण Nepalpatra प्रधानमन्त्री ओलीद्वारा सिंहदरवारमा पदभार ग्रहण
५ असार २०७८, शनिबार

प्रधानमन्त्री ओलीद्वारा सिंहदरवारमा पदभार ग्रहण


नयाँ वर्ष २०७८ मा प्रधानमन्त्री ओली सम्वोधन गर्दै

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् । हिजो बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएका थिए ।

शितल निवासबाट सहिदहरूप्रति माल्यार्पण गर्न गएपछि उनी लगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । नवनिर्वाचित प्रधानमन्त्री ओलीले देश र जनताका नाममा सपथ लिएका छन् ।

यस अघि ओली नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री दोहोरिएको हुन् । आज बिहीबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले आज शुत्रबार पद तथा गोपनियताको सपथ लिएसँगै मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

यसअघि नयाँ मन्त्रिपरिषद विस्तार गर्ने भनिएपनि जसपाको महन्थ ठाकुर पक्ष र नेकपा एमालेको माधव नेपाल समूह सरकारमा तत्काल नआउने भएपछि पुरानै मन्त्रिपरिषदलाई निरन्तरता दिएका हुन् । ओलीले सांसद नरहेका पूर्वमाओवादी नेताहरूलाई पनि फेरि मन्त्रीको सपथ खुवाएका छन् ।

भण्डारीले संविधानको धारा ७६ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रूपमा ओलीलाई हिजो राती प्रधानमन्त्री नियुक्त गरेकी थिइन् । विपक्षीले बहुमतको सरकार बनाउन नसकेपछि ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हिसाबले प्रधानमन्त्री बनेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !