माधव नेपालले बोलाए आफ्ना समूहका केन्द्रीय सदस्यहरुको बैठक Nepalpatra माधव नेपालले बोलाए आफ्ना समूहका केन्द्रीय सदस्यहरुको बैठक
३१ जेष्ठ २०७८, सोमबार

माधव नेपालले बोलाए आफ्ना समूहका केन्द्रीय सदस्यहरुको बैठक


माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । स्रोतका अनुसार नेपालले बिहीबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने भएको छ । हिजो बिहीबार अध्यक्ष ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत छलफल भएको छ । बैठकमा नेपालले हिजो भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !