७ बैशाख २०८१, शुक्रबार

प्रदीप ज्ञवाली पुन: मन्त्रीमा दोहिरिने सम्भावना उच्च


प्रदीप ज्ञवाली

काठमाडौं । प्रधानमन्त्रीमा पुन:नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सरकारमा अधिकांश मन्त्रीहरुलाई दोहोर्‍याउने तयारी गरेका छन् । स्रोतका अनुसार परराष्ट्रमन्त्रीमा प्रदीप ज्ञवालीलाई नै निरन्तरता दिने सम्भावना उच्च रहेको छ ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ ।

प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !