८ बैशाख २०८१, शनिबार

बामदेव गौतमले भने, ‘पार्टीको एकता निर्माणमा सफलता मिलोस्’

पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भयो : बामदेव गौतम


वामदेव गौतम

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष केपी शर्मा ओली र पार्टीका पूर्व महासचिव माधव कुमार नेपालवीच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएकोमा खुसियाली व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै उनले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भनेर शुभकामना समेत दिएका छन् । उनले यो नेकपा (एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने आफ्नो चाहना प्रकट गरेका छन् । साथै उनले पार्टी अध्यक्ष ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाई दिएका छन् ।

उनले लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !