७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीविरुद्ध बिद्रोह गर्ने रामकुमारी झाँक्रीको खुलासा


रामकुमारी झाँक्री, केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने बताएकी छन्। सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै झाँक्रीले ओलीले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारमा यो सबै भएको बताएकी छन्।

सामाजिक संजाल फेसबुकमा उनले लेखेकी छन्, “ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !