१२ बैशाख २०८१, बुधबार

ओली आजै पुन: प्रधानमन्त्री नियुक्त हुँदै, शपथग्रहण भाेलि हुने


प्रधानमन्त्री ओलीले संसद फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली आजै राती पुनः अल्पमतको प्रधानमन्त्री नियुक्त हुने भएका छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले केहि समयपछि प्रधानमन्त्री नियुक्त गर्न लागेकी हुन् ।

ओली प्रधानमन्त्री हुने भएपछि केहि समयमा शीतल निवास पुग्‍दैछन् । औली शीतल निवास पुगेपछि उनलाई प्रधानमन्त्री नियुक्त गरिएको गरेको घोषणा हुनेछ । यद्यपि उनको सपथ भने भोलि शुक्रबार बिहानलाई तय गरिएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ ।

प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले आफ्नो नयाँ मन्त्रिपरिषद्को पनि तयारी गर्नेछन् । उनले एमालेका असन्तुष्ट पक्ष खनाल-नेपाल समूह र जनता समाजावादी पार्टीको ठाकुर-महतो पक्षका नेताहरूलाई समेत समेटेर नयाँ मन्त्रीमण्डल गठन गर्ने बालुवाटार स्रोतले जानकारी दिएको छ ।

राष्ट्रपति भण्डारीले दिएको समयसीमाभित्र कांग्रेस-माओवादीले बहुमतको दावी नगरेपछि एमालेले दुई वा दुई भन्दा बढी दलको बहुमत लिएर सरकारको दावी नगर्ने भएको छ । महन्थ ठाकुर पक्षसँग तटस्थ रहने बाहेक बहुमतको सरकार दावी गर्ने कुनै कुरा नभएकोले वैकल्पिक सरकार गठन गर्ने कांग्रेस–माओवादी केन्द्रको प्रयास असफल भएपछि फेरि एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने भएका छन् ।

२७ वैशाखमा संसदको विश्वास गुमाएसँगै पदमुक्त भएका ओली संविधानको धारा ७६ (३) अनुसार संसदको सबभन्दा ठूलो दलको नेताका रुपमा प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपतिले संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवास स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सपथग्रहण शुक्रबार हुने र ओलीले सपथग्रहण लगत्तै मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ । शीतल निवास स्रोतले पनि सपथ कार्यक्रम भने थप तयारी गर्न पर्ने भन्दै भोलि शुक्रबारलाई राखिएको कार्यालयले बताएकाे छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले केहि समयअघि एक बिज्ञप्ति जारी गर्दै राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९.०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको जानकारी दिएका छन् ।

 राष्ट्रपति कार्यालय बिज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !