११ बैशाख २०८१, मंगलबार

ओली र नेपालवीच सहमित भएपछि गोकर्ण बिष्टले दिए यस्तो प्रतिक्रिया


गोकर्ण विष्ट

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेको माधव नेपाल समूहका नेता गोकर्ण बिष्टले एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालवीच पार्टी एकतालाई कायम गर्ने सहमित भएपछि खुशी हुँदै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समयअघि पोष्ट गर्दै बिष्टले पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल बीचको आजको भेटवार्ताले पैदा गरेको सकारात्मक मोडलाई आम पार्टी पंक्ति र समर्थक र शुभचिन्तकको चाहना बमोजिम परिणाममा पुर्‍याउन लागी पर्नुपने बताएका छन् ।

उनले लेखेका छन्, ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओली र वरिष्ठ नेता कमरेड माधव कुमार नेपाल बीचको आजको भेटवार्ताले पैदा गरेको सकारात्मक मोडलाई आम पार्टी पंक्ति र समर्थक/शुभचिन्तकको चाहना बमोजिम परिणाममा पुर्‍याउन लागि परौँ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !