७ बैशाख २०८१, शुक्रबार

देउवालाई ठुलो झड्का : महन्थद्वारा देउवाको प्रस्ताव ठाडै अस्वीकार


महन्त ठाकुर र शेरबहादुर देउवा

काठमाडौँ । नयाँ सत्ता समीकरणको प्रधानमन्त्रीको सपना देखेका प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच आज बिहीबार भएको वार्ता असफल भएको छ ।

वार्ताका क्रममा काँग्रेस देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले ठाडै अस्वीकार गरेपछि देउवालाई ठुलो झड्का लागेको हो । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए ।

जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भूमिका नरहने उनले स्पष्ट पारेको स्रोतले जनाएको छ । स्रोतका अनुसार देउवाले ठाकुरलाई सरकार निर्माणमा सहयोग गर्न आग्रह गर्दै जसपा नेपालले राखेको माग पुरा गर्न आफूहरु तयार रहेको र त्यसका लागि मिलेर सरकार बनाउन देउवाको प्रस्ताव राखेका थिए ।

तर देउवाले यस्तो प्रस्तावलाई ठाकुरले भने यस्तो कुरा आफूहरुले वर्षौदेखि सुन्दै आइरहेको हुनाले माग पूरा हुनेमा आफूहरुलाई कुनै विश्वास नरहेको जवाफ फर्काएका थिए । जसपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको बताइएको छ ।

जसपाका अध्यक्ष ठाकुरसहितका शीर्ष नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् । आज अपराह्न ४ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्नेगरी बैठक बोलाइएको देउवाको सचिवालयले जानकारी दिएको छ । बैठकमा नयाँ सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !