७ बैशाख २०८१, शुक्रबार

यस्ता छन् आज एमाले स्थायी समितिले गरेका चार निर्णयहरु


स्थायी कमिटी बैठक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । पार्टी एकताको रक्षाका लागि कारबाही फिर्ता लिइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जनाएका छन् ।

पार्टीलाई एक बनाउन अध्यक्ष ओलीले कारवाही फुकुवाको प्रस्ताव राखेपछि बैठकले अनुमोदन गरेको हो । पार्टीको वृहत्तर एकतालाई ध्यानमा राखेर बैठकले चार नेतामाथिको ६ महिनाको निलम्बन फुकुवा गरिएको हो ।

१. बुधबार निधन भएका एमाले नेता एवं बाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईको सम्मानमा तीन दिन पार्टीका झण्डा आधा झुकाउने निर्णय गरेको छ। चौलागाईको बुधबार कोरोना संक्रमणबाट निधन भएको थियो ।

२. पार्टीको एकतालाई ध्यानमा राखी एमाले स्थायी समितिको आजको बैठकले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको हो ।

३. साथै देशको वर्तमान राजनीतिक अवस्थालाई समेत विश्लेषण गरेर पार्टी र सरकार सम्बन्धी अरु सबै निर्णय गर्ने अधिकार पार्टी ओलीलाई दिएको बताइएको छ । स्थायी समिति बैठकले अहिलेको अवस्थामा आवश्यक निर्णय लिने अधिकार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ। एमाले भित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा निर्णय गर्ने अधिकार ओलीलाई प्रत्यायोजन गरेको हो।

४. कोभिड–१९ का कारण उत्पन्न असहज स्थितिमा अक्सिजनको पर्याप्त, प्रभावकारी र नियमित आपूर्ति तथा खोप लगायत जीवनरक्षक औषधिहरूको प्रबन्ध गर्न सरकारलाई सुझाव दिएको छ। यसका लागि मित्र राष्ट्रहरूसँग कूटनीतिक पहल गर्न पनि सरकारलाई सुझाव दिएको छ।

यस्ता छन् आज एमाले स्थायी समितिका गरेका चार निर्णयहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !