११ बैशाख २०८१, मंगलबार

ओलीले कारबाही फुकुवा गरेपछि योगेशले दिए यस्तो प्रतिक्रिया


योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताका छन् ।

सामाजिक संजाल ट्वीटरमा केहि समयअघि लेख्दै उनले हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो भएको भन्दै अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो । अब कुरा गरेर सहमति बनाउन लाग्नु पर्छ ।’ उनले पार्टी एकतालाई जोगाउन जेठ २ गतेमा फर्किन अध्यक्ष ओली तयार हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ ।

पार्टीको एकतालाई ध्यानमा राखी एमाले स्थायी समितिको आजको बैठकले पार्टीका नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य विष्णु रिमालले सामाजिक संजाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

माधव नेपालसहित एमालेका चार नेतामाथि गरिएको कारवाही फुकुवा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !