१३ बैशाख २०८१, बिहिबार

राष्ट्रिय जनमोर्चाले प्रदेशसभा सांसद कृष्ण थापालाई सोध्यो स्पष्टीकरण


कृष्ण थापा

कास्की । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली काँग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको सन्दर्भमा स्पष्टीकरण सोधेको हो ।

गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनमोर्चाले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।

यही वैशाख २६ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र दलहरूलाई नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको र उक्त समय सीमा आज दिउँसो ४ः०० बजे सकिनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !