७ बैशाख २०८१, शुक्रबार

महन्थले मध्यरातमा निकालेको विज्ञप्तिले देउवा निवासमा हलचल


महन्त ठाकुर र शेरबहादुर देउवा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले हिजो सोमबार राती विज्ञप्ति जारी गर्दै वैकल्पिक सरकार गठनमा नलाग्ने स्पष्ट परेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवासमा हलचल मच्चिएको छ ।

नयाँ बन्ने वैकल्पिक सरकार गठनको लागि जसपाको महन्त ठाकुर-राजेन्द्र महतो र डा. बाबुराम भट्टराई-उपेन्द्र यादव दुई पक्षको साथ खोजेर प्रधानमन्त्री बन्ने आकांक्षा राखेका देउवाको सपना साकार हुन कठिन देखिएको छ ।

ठाकुरले नयाँ सरकार गठन आफ्नाे पार्टीकाे प्राथमिकता नरहेको बताएका छन् । ठाकुरले जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बाेधनकाे विषयमा केन्द्रित रहेको बताएका हुन् । ठाकुरको जारी गरेको विज्ञप्तिले राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ३ दिनको समयसिमाभित्र वैकल्पिक सरकार गठनको दावी गर्न कांग्रेसका सभापति देउवाले थालेको पहलमा धक्का लाग्ने देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छन् ।

यस्तो छ महन्थले मध्यरातमा निकालेको विज्ञप्ति

यस्तो छ महन्थले मध्यरातमा निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !